जसपा वरिष्ठ नेता महतो भोली आफनो निर्वाचन क्षेत्रमा जादै – Madhesh Update

जसपा वरिष्ठ नेता महतो भोली आफनो निर्वाचन क्षेत्रमा जादै

   January 28, 2021  

प्रदेश दुईको अस्थाई राजधानी समेत रहेको जनकपुर सहितको धनुषाको संघिय निर्वाचन क्षेत्रवाट विघटित प्रतिनिधीसभामा प्रत्यक्ष तर्फ जितेका जसपा वरिष्ट नेता भोली आफनो निर्वाचन क्षेत्रमा जादै छ । भोली जनकपुरमा हुने इन्जिनियहरुको भेलालाइ सम्बोधन गर्न जनकपुरमा जाने र त्यस पछि केहि आफनो निर्वाचन क्षेत्र सहित तराई मधेशकै जिल्लामै हुने विभिन्न कार्यक्रममा महतो सहभागी हुने छ ।

गत निर्वाचनमा तात्कालिन राजपावाट महतोले काग्रेसलाइ त्याहा पराजित गरेका थिए । महतो दुई हप्ता अघि पनि आफनो निर्वाचन क्षेत्रको विभिन्न भागमा भएको विभिन्न कार्यक्रमहरुमा भाग लिएका थिए ।

हालै केहि अनलाईन सन्चार माध्यममा प्रायोजित रुपमा महतो विरुद्ध उनको निर्वाचन क्षेत्र सम्बन्धी अपवाह फैलाइएको भन्दै उनको सचिवालयले त्यसको खण्डन गरेको छ । महतोको सचिवालयले प्रायोजित रुपमा फैलाइएको अपवाहको पछि नलाएन पनि आफना निर्वाचन क्षेत्रका आम नागरिसंग आग्रह गरेका छन ।

जसपा वरिष्ठ नेता महतो शुक्रवार दुइृ वजे जनकपुर जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । भोलीको इन्जियरहरुको भेला पछि जसपाले आयोजना गरेको विभिन्न कार्यक्रमहरु सहित उनी आफनो निर्वाचन क्षेत्रमा नागरिकहरु र स्थानिय सरोकारवालाहरु संग अन्तक्रिया गर्ने कार्यक्रम छ ।