धनुषामा एक व्यवसायीको हत्या, चारजना पक्राउ – Madhesh Update

धनुषामा एक व्यवसायीको हत्या, चारजना पक्राउ

   January 28, 2021  

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका –७ सखुवा महेन्द्रनगर स्थित सञ्चालित क्षिरेश्वरनाथ डिस्टेलरी इन्डस्ट्रीजका सञ्चालक ५१ वर्षीय प्रमोद रेग्मीको हत्या भएको हो ।

बिहीबार बिहान उनको शव रक्ताम्य अवस्थामा उद्योगको क्वाटरमा फेला परेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ७ चुवारेका स्थायी बासिन्दा रेग्मीको हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ ।

हत्यामा संलग्न भएको आशंकामा प्रहरीले चारजना पक्राउ गरेको छ ।

चारजनालाई पक्राउ गरी घटना विषयमा अनुसन्धन गरिरहेको सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दीपककुमार रायले जानकारी दिए ।

यधपि पक्राउ व्यक्तिहरुको नाम सार्वजनिक गरिएको छैन ।