कोेराना विरुद्धको खोप दिन सुरु, प्रदेश दुई मा पहिलो दिन ७ सय २६ जनाले लिए खोप – Madhesh Update

कोेराना विरुद्धको खोप दिन सुरु, प्रदेश दुई मा पहिलो दिन ७ सय २६ जनाले लिए खोप

   January 27, 2021  

देशभर आज देखि कोराना विरुद्धको खोप दिन सुरु गरिएको छ । प्रदेश २ को आठवटै जिल्लामा पनि एकैसाथकोरोना विरुद्धको खोप लगाउने अभियान बुधबार बिहानदेखि सुरु भएको हो ।

प्रादेशिक अस्पताल जनकपुरमा सुरु भएको खोप अभियानमा आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले पहिलो कोरोना खोप लिएका छन् । उनलाई कोरोना संक्रमण समेत भएको थियो ।

कोरोना खोपको उदघाटन गर्दै मन्त्री यादवले स्वास्थ्यकर्मीको सल्लाह अनुसार नडराई ढुक्क भएर खोप लिन सबैसंग आग्रह गरेका छन् ।

खोपको कुनै साइड इफेक्ट नभएका बताउँदै उनले कोरोना अन्त्यको एकमात्र विकल्प कोरोना खोपन नै रहेको बताए ।

भारत सरकारले सहयोग स्वरप् उपलब्ध गराएको कोरोनाविरुद्धको खोप पहिलो दिन बुधबार प्रदेश २ लगायत देशै भर ९ हजार ८४ जनाले लगाएका छन् ।

कोभिड १९ खोप अभियान अन्तर्गतस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बेलुका ५ बजेसम्म ६४ जिल्लाका ९३ खोप केन्द्रहरुमार्फत ९ हजार ८४ जनाले खोप लगाएका हुन् ।

प्रदेश २ को आठ जिल्लामा ७ सय २६ जनाले खोप लगाएका छन् ।

यस्तै प्रदेश १ मा १२५५, वाग्मतीमा २६९४, गण्डकीमा १८४३, लुम्बिनीमा ७३३, कर्णालीमा ७५१ र सुदूरपश्चिममा १०८२ जनाले खोप लगाएको स्वास्थय मन्त्रालयले जनाएको छ ।