धनुषाको सहिदनर नगरपालिकामा मेयर भाईको दादागिरी, पिटिए इन्जिनियर – Madhesh Update

धनुषाको सहिदनर नगरपालिकामा मेयर भाईको दादागिरी, पिटिए इन्जिनियर

   January 26, 2021  

धनुषाको शहीदनगर नगरपालिकाका मेयर उदय बरबरियाका भाई विजय यादवले कार्यालयमा कार्यरत इन्जिनियर सन्जय यादवलाई कार्यकक्षमै हातपात गनुको साथै गालीगलौज गरेका छन् ।

कोटेशनमा काम गरेका मेयर वरवरियाका भाईसंग कमिसन मागेको भन्दै इन्जिनियर यादवलाई हातपात गरिएको मेयर बबरबरीयाका भाईले दावी गरेका छन । कुटिएका इन्जिनियरले भने आफुलाई मेयर वरवरियाले कमिसन विना कसैको विल पास गर्न नभनि दिएको निर्देशन अनुसार नै मेयरको भाई संग कमिशन मागेको बताएको छ ।

इन्जिनियर यादवको कार्यकक्षमा तोडफोड समेत गरिएका थिए । एक स्थानीय प्रत्यक्षदर्शीका अनुसार नगरप्रमुखका भाई विजयले गालीगलौज गर्दै इन्जिनियर यादवलाई हातपात गर्नुका साथै टेबलमा भएको समानहरु समेत फालेका थिए । इन्जिनियर यादवलाई कुट्न विजयले २०÷२५ जना युवा समेत कार्यालयमा लगेका थिए । सो युवाहरुले होहल्ला गरेपछि कार्यालयमा भीड नै लागेको थियो । लगत्तै सुरक्षाकर्मी समेत पुगेको र त्यसपछि अवस्थामा सामान्य भएको बताइएको छ ।

घटनाको वारेमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शत्रुधन यादवले बोल्न मानेका छैन । मेयरका भाई बिजयले फेसबुकमा आफ्नै दाई नगर प्रमुख बरबरियाको कार्यशैलीमाथि समेत प्रश्न उठाएका छन् ।