जनकपुर यातायात व्यवस्था कार्यालयमा अख्तियारको छापा

यातायात व्यवस्था कार्यालय जनकपुरमा अख्तियारले छापा मारेको छ । मंगलबार अपराह्न ५ बजेदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलिले जनकपुरधाम उपमहानगरपालिका १४ मुजेलियामा रहेको यातायात कार्यालयमा छापामारी गरिरहेको छ ।
साँझ साढे ७ बजेसम्म पनि टोलिले खनतलासी गरिरहेका छन् ।
प्रहरीसहित ५ वटा गाडीमा आएको अख्तियारको टोलिले कार्यालय भित्र विभिन्न कागजात चेक गरेको थियो ।
टोलीले केही कर्मचारीलाई कार्यालय भित्रै नियन्त्रणमा लिएर खोज अनुसन्धान समेत गरेका थिए ।
कर्मचारीहरुले बिचौलियाको सेटिंगमा यातायात व्यवस्था कार्यालयमा व्यापक घुसखोरी, भ्रष्टाचार गरिरहेको जनगुनासो छ ।
यातायातमा सवारी चालक अनुमती पत्र किनबेच भइरहेको कार्यालय श्रोताले जनाएको छ ।