सप्तरी र कैलालीमा जसपाको विशाल शक्क्ति प्रर्दशन – Madhesh Update

सप्तरी र कैलालीमा जसपाको विशाल शक्क्ति प्रर्दशन

   January 20, 2021  

संसद विघटनको विरुद्धमा जनता समाजवादी पार्टी, नेपालले बुधवार सप्तरीको राजविराज र कैलालीको टिकापुरमा विशाल शक्क्ति प्रर्दशन गरेको छ । पार्टीले घोषीत कार्यक्रम अनुसार बुधवार जसपाले सबै जिल्ला सदरमुकाहरुमा विरोध प्रर्दशन आयोजना समेत गरेका छन । तर सप्तरीको राजविराज र कैलालीको टिकपुरमा शिर्ष नेताहरुको सहभागीतामा जसपाले शक्क्रि प्रर्दशन गर्दै विरोधसभाहरु समेत आयोजना गरेका हुन ।

राजविराजको शक्क्रि प्रर्दशनमा जसपाका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता राजेन्द्र महतो सहभागी भएका थिए भने कैलालीको टिकापुरमा पुर्वप्रधानमन्त्री डा बाबुराम भटराई सहभागी भएका थिए ।

राजविराजको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले प्रधानमन्त्री केपी ओलीले संविधान नमाने भन्दै कारवाही गर्नु पर्ने माग गरेका थिए । वरिष्ठ नेता महतोले वर्तमान संविधान मधेशीहरु माथी प्रतिगमन गरेर ल्याएको भन्दै अहिले संसद विघटन गरेर ओली महाप्रतिगमन गरेको आरोप लगाए ।

टिकापुरको सभालाई सम्बोधन गर्दै पुर्वप्रधानमन्त्री भटराईले प्रधानमन्त्री ओलीले प्रतिगमन गरेर मुलुकलाइ दुर्घटनामा फसाएको भन्दै त्यस विरुद्ध सबै एकभएर अघि वण्नु पर्नेमा जोड दिएका थिए ।

५ पुषमा प्रधानमन्त्री ओलीले प्रतिनिधीसभा विघटन गरे पछि जसपा नेपाल विरोधमा उत्रिएका छन । दोस्रो चरणको अन्तिमको विरोध कार्यक्रम स्वरुप जसपाले बुधवार ७७ ओटै जिल्ला सदरमुकामहरुमा विरोध प्रर्दशन गरेका छन ।