प्रदेश दुई सरकारद्धारा भोली वलिदानी दिवस मनाइने

मधेश आन्दोलनको सम्झनामा ५ माघमा प्रदेश दुई सरकारले औपचारिक रुपमा बलीदानी दिवस मनाउने भएको छ । प्रदेश सरकारको औपचारिक आयोजनमा यो पटक जनकपुरमा वलिदानी दवस मनाइने कार्यक्रम छ । यस अघि प्रदेश दुईको सरकारले सिरहाको लहानमा यो दिवस औपचारिक रुपमा मनाएको थियो ।
अन्तरिम संविधानमा संघियता नराखिए पछि सुरु भएको पहिलो मधेश आन्दोलनको क्रममा भएको पहिलो सहिद रमेश महतोको मृत्युको सम्झानामा यो दिवस तराई मधेश भरी नै विभिन्न समुह र दलहरुले आआफनो तरिकाले मनाउने गर्छन ।
नयां सविधान पछि बनेको प्राद्ेशि संरचनामा बहुमतमा रहेको जपसाको सरकारले सूरु देखि नै यो दिव िमनाउनै आएको छ ।
५ माघमा सिरहाको लहानमा सिके राउत सहित अन्य दलहरुले पनि यो दिवस मनाउन होडवाजी नै गर्ने गरेका छन ।