प्रदेश नम्बर २ मा सार्वजनिक बिदा – Madhesh Update

प्रदेश नम्बर २ मा सार्वजनिक बिदा

   January 17, 2021  

प्रदेश नम्बर २ सरकारले सोमबार सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारले बलिदानी दिवसको अवसरमा भोलि सार्वजनिक बिदा दिने भएको हो।

तराई मधेशमा भएको अधिकार प्राप्तिको आन्दोलनको क्रममा ज्यान गुमाएका शहिदहरुको स्मरणमा प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाइने गरिन्छ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले आइतबार एक सूचना जारी गर्दै बलिदानी दिवसको अवसरमा प्रदेश दुईमा सार्वजनिक बिदा दिइएको घोषणा गरेको हो।