तराई-मधेसमा लागातारको शितलहरले हवाई सेवा रद्द – Madhesh Update

तराई-मधेसमा लागातारको शितलहरले हवाई सेवा रद्द

   January 16, 2021  

केहीदियता बढेको शितलहर तथा बाक्लो हुस्सुका कारण जनकपुरधाम विमानस्थलको सम्पूर्ण हवाई सेवा प्रभावित भएको छ । बिहानैदेखि बाक्लो कुहिरो लागेपछि काठमाडौं–जनकपुरधामको उडान रद्द भएको हो।

विमान अवतरण तथा उडानका लागि आवश्यक ‘भिजिबिलिटी’ नपुगेपछि सम्पूर्ण उडान रद्द गरिएको जनकपुरधाम विमानस्थलको कार्यालयले जनाएको छ।

मौसम अनुकूल भएमात्र हवाईसेवा सञ्चालन हुन सक्ने जनकपुरधाम विमानस्थलका अधिकृत विकास झाले बताए।

बाक्लो कुहिरो तथा शीतलहरका कारण बिहान ९ बजेर १० मिनेटमा बुद्ध एयरलाइन्स, १२ बजेर ३० मिनेटमा श्री एयरलाइन्स, १ बजेर ३० मिनेटमा यति एयरलाइन्स, ३ बजे बुद्ध एयरलाइन्स, ५ बजे बुद्ध एयरलाइन्सको उडान प्रभावित भएको हो।

जनकपुरधाम विमानस्थल भएर दैनिक औसतमा सात सय यात्रु आवतजावत गर्छन्। उडान प्रभावित भएपछि कयौं यात्रु विमानस्थलमै अलपत्र थिए।