लोकतन्त्रवादी शक्क्तिहरु एक हुनुपर्छ-उपेन्द्र यादव – Madhesh Update

लोकतन्त्रवादी शक्क्तिहरु एक हुनुपर्छ-उपेन्द्र यादव

   January 12, 2021  

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता र गणतन्त्र माथी खतरा उत्पन्न भएको भन्दै लोकतान्त्रिक शक्ति एकजुट हुन पर्नेमा जोड दिएको छ । सङ्घीय प्रेस फोरम पर्साले मंगलवार वीरगञ्जमा अयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यादवले सङ्घीयता र गणतन्त्र रक्षाका लागि सबै लोकतान्त्रिक शक्ति गोलबद्ध हुनुको विकल्प नरहेको समेत दावप् गरे । यादवले प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतमा परेको रिटको फैसला लोकतन्त्रवादीको पक्षमा आउने दाबी समेत गरे ।

प्रतिनिधिसभा पुनस्थापना हुनेमा आफू विश्वस्त रहेको उल्लेख गर्दै उनले वैशाखमा कुनै पनि हालतमा निर्वाचन नहुने बताए ।

उनले प्रतिनिधिसभा विघटनको विषय विशुद्ध राजनीतिक भएकाले यसको निकास पनि राजनीति तवरले खोज्न जरुरी रहेको स्पष्ट पारे । पत्रकार सम्मेलनमा जसपा केन्द्रीय कार्यकारिणी समितिका सदस्य लक्ष्मणलाल कर्णले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापित गर्नेमा कुनै शङ्का नरहेको बताए ।