संविधानलाई राजनितीक खेलवाडको विषय बनाइयो – राजेन्द्र महतो – Madhesh Update

संविधानलाई राजनितीक खेलवाडको विषय बनाइयो – राजेन्द्र महतो

   January 11, 2021  

जनता समाजवादी पार्टी, जसपा नेपालका वरिष्ट नेता राजेन्द्र महतोले नेपालमा दलहरु र नेताहरुले आ-आफनो स्वार्थका लागी संविधान माथी खेलवाड गरिएको आरोप लगाएका छन । प्रतिनिधीसभा विघटनको विरुद्धमा जसपाले सोमवार जनकपुरमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दे महतोले संविधान देशको मुल कानुन भए पनि नेपालमा त्यस्तो नदेखिनु दुखद भएको बताए । वर्तमान सविधान मात्रै होईन नेपालमा बनेको हरेक संविधान जनता भन्द्या पनि शासकहरु आफना अनुकुल बनाउने गरेको महतोको आरोप थियो । अन्य देशमा सयौ बर्ष देखि एउटै संविधान रहेपनि नेपालमा सात ओटा सविधान बन्नु आफैमा गम्भिर कुरा भएको बताए । यो संविधान बन्द्या नै हामीले जनतालाई केन्द्रमा राखेर बनाउन भनेका थियौ, महतोले भने- तर आफनो अनुकुल बनाएर त्यो पनि पालना भएन ।

महतोले प्रधानमन्त्री केपी ओली सहित प्रमुख दलहरु जनतालाई केन्द्रमा राखेर संविधान र शासन व्यवस्था नै अगाडी वढाउन नचाहेको आरोप लगाउदै प्रतिगमन माथी प्रतिगमन किन भइरहेको भ भन्ने बहस र छलफल गर्नु पर्ने आवश्यकता दुखद भएको टिप्पणी गरे ।

मधेशी/थारुले यो संविधान बन्दा नै असहमती जनाएको प्रसग ल्याउदै महतोले यो देशमा जात र भेषभुष हेरेर कानुन र नियम लाग्ने गरेको आरोप लगाए । राजनितीक आन्द्योलनमा मुछिएर रेशम चौधरी जेलमा रहृको प्रसंग निकाल्दै महतोले त्यो भन्द्या वढी अपराध गरेका प्रचण्ड र ओली प्रधानमन्त्री भएको भन्दै आपति जनाए ।

गत ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्टपतिले संस्द विघटन गरे पछि जसपा विरोधमा उत्रिएका छन । जसपाले दोस्रो चरणको विरोध कार्यक्रम स्वरुप पुर्व देखि पश्चिम सम्म विरोधसभाहरु गरिरहेको छ । जनकपुरमा सो्मवार आयोजित सभालाई महतो सहित नेताहरु शरदसिह भण्डारी, रेणु यादव, बृषेशचन्द्र लाल, उमाकान्त झा सहितका नेताहरुले सम्बोधन गरेका थिए ।