संसद विघटन प्रतिगामी कदम- महन्थ ठाकुर

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले संसद विघटन असंवैधानिक भएको बताएका छन् । संसद विघटनको विरोधमा जसपाले शनिबार भैरहवामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै ठाकुरले पाँचवर्षका लागि निर्वाचित संसद विघटन गर्नु असंवैधानिक भएको बताए । साथै उनले अपूर्ण संविधान जारी गरेकोले अहिले समस्या देखिएको धारणा राखे ।
जसपाले संसद विघटनको विरुद्धमा शनिवार देखि पुर्व देखि पश्चिम सम्मको प्रमुख सहरहरुमा आमसभा गर्न सुरु गरेको छ । शनिवार कैलालीको धनगढी, रुपन्देहिको भैरहवा र मोरडको विराटनगरमा आमसभा आयोजना गरिएको थियो ।
ठाकुरले दोस्रो संविधानसभाले जनताको म्यान्डेड विपरित संविधान जारी गरेको भन्दै त्यसमा आफुहरुको असहमती कायमै रहेको बताए । उनले अपुर्ण संविधान ल्याएर प्रतिगमनको साहारामा सता टिकाउने खेल भइरहेको भन्दै त्यो आफुहरुलाई मान्य नभएको बताए ।
पार्टीका केन्द्रीय कार्यकारिणी महेन्द्र राय यादवले संविधान अपुरो भएकाले यसलाई सर्वस्वीकार्य बनाउनुपर्ने बताए । जसपा निर्वाचनबाट नभाग्ने तर अहिले निर्वाचनको समय नभएको भन्दै उनले राजनीतिक स्थिरताका लागि संसद पुनस्र्थापना हुनुपर्ने बताए ।
जसपाका केन्द्रीय कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लाले दलभित्रको आन्तरिक लडाइका कारण प्रधानमन्त्री केपी ओलीले संसद विघटन गराएर देशलाई दुर्घटनामा धकेलेको बताए ।
ओली निरंकुशता लादन खोज्दै -उपेन्द्र यादव
मोरडको विराटनगरमा भएको आमसभालाई सम्बोधन गर्दै जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीले निर्वाचन नगराइक निरंकुशता लादन खोजेको आरोप लगाएका छन । यादवले ओली प्रचिनिधीसभा भंग निर्वाचन गराउनका लागी नभई सर्वसतावाद लादन गरेको दावी गरे ।
उनले निरंकुशता कुनै पनि शर्तमा स्विकार्य नभएको भन्दै त्यस विरुद्ध जसपा सडकमा उत्रिएको बताए ।
ओलीले देशलाई दुर्घटनामा धकेले-राजेन्द्र महतो
जसपाका वरिष्ट नेता राजेन्द्र महतोले अपुर्ण संविधानलाई थप छेडखानी गरेर प्रधानमन्त्री केपी ओलीलाई मुलुकलनाई थप दुर्घटनामा धकेलेको दावी गरे । जनकपुरमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महतोले रक्क्तरन्जती संविधानलाइ प्रम ओलीले थप छेटविच्छेद पारेको बताए ।