राजेन्द्र महतो भन्छन-संविधान बन्दा नै प्रतिगमन भएको थियो

जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले संसद विघटन गरेर प्रधानमन्त्री केपी ओलीले प्रतिगमन गर्दा आफुलाई आश्चर्य नलागेको बताएका छन । गत ५ गते प्रधानमन्त्री ओलीको सिफारिशमा राष्टपतिले प्रतिनिधीसभा भंग गरे पछि प्रतिगमन भएको भन्दै जसपा सहित अन्य दल, नागरिक समाज सहित विभिन्न तप्पका विरोधमा उत्रिएका छन ।
वरिष्ट नेता महतोले यो संविधान जारी हुदा अहिलेका सबै प्रमुख दलका शिर्ष नेताहरुको प्रतिगमनको वाटो अपनाएको आरोप लगाउदै प्रतिगमन गरेर ल्याएको संविधानले प्रतिगमन नै दिने दावी गरे । याहा जनतालाई केन्द्रमा राखेर कहिले लकतन्त्र चल्या छ र ? महतो प्रश्न गर्दै भने, मधेशी जनजाती सहित सिमात्कृत समुदायको आवाज कुल्चेर आफुलाई लोकतन्त्रवादी भन्नेहरुअहिले प्रगिगमनको नारा लाउनु आफनो लागी आश्चर्यजनक लागेको छैन ।
महतोले पहिलो संविधानसभाको निर्वाचन हुनुपुर्व मधेशी मोर्चा संग अग्रगामी संविधान बनाउने गरि भएको ८ बुदे सहमती र अन्तरिम संविधानमै दिइएको अधिकारहरु कटौति गरेर अहिलेको नेकपा र काग्रेसले वर्तमान सविधान ल्याएको भन्दै यसलाई सुधार गरेर समावेशी नेपाल बनाउनुको विकल्प नभएको बताए ।
प्रतिनिधीसभा विघटन चोरहरुको भाग खोसा-खोसको परिणाम भएको समेत महतोले जिकिर गरेका छन । उनले नेपालको सिमान्त्कृत समुदायहरुको अधिकार चोरेर संविधान बनाउनेहरु मध्ये कसले सता चलाउने होडले प्रतिनिधसिभाभंग भएको भन्दै आफुहरुको यो संविधानमा व्यापक सुधारको मागमा अडिग रहेको बताए ।
प्रतिनिधिसभा पुर्नस्थापना हुदैमा प्रतिगमन नसच्चिने बताउदै महतोले संविधान जारी हुदा काग्रेस र कम्युनिष्टले गरेको प्रतिगमनकै ठाउवाट राजनिती सच्चाउनु पर्ने खाचो रहेको महतोले बताए । यथास्थितीमा देश अगाडी बढन नसक्ने र विकासपनि हुन नसक्ने दावी गर्दै उनले समावेशी नेपालको लागी संवैद्यानिक रुपमा सबै त्रुटिहरु सच्चाएर अघि वढनु पर्नेमा महतोको जोड छ ।