भोली देखि जसपाको आमसभाहरु हुदै – Madhesh Update

भोली देखि जसपाको आमसभाहरु हुदै

   January 8, 2021  

संसद विघटन विरुद्ध विरोधमा उधिएका जनता समाजवादी पार्टी, नेपालले शनिवार देखि आमसभाहरु गर्न लागेका छन । शनिवार भैरहवा, धनगढी र विराटनगरमा आमसभा जसपाले आयोजना गर्न लागेका छन । त्यस पछि २७ गते जनकपुर, नेपालगन्ज र विरगंजमा आमसभाका कार्यक्रमहरु राखिएका छन । २९ गते पोखरा,विर्तामाड र सुर्खेतमा र ३ माघमा धरान, मंलगवा, सिरहा, कलैया, तौलिहवा र रौतहटमा जसपाले आमसभा राखेका छन । पुर्व देखि पश्चिम सम्म १५ ठाउमा आमसभाहरु गर्न लागेको जसपाले शिर्ष नेताहरुलाई वक्ताको रुपमा तोकेका छन ।

आमसभाहरुमा महन्थ ठाकुर, उपेन्द्र यादव, डा बाबुराम भटराई, राजेन्द्र महतो, अशोक राई, राजेन्द्र श्रेष्ठ सहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

५ पुषमा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधीसभा विघटन गरे पछि पहिलो चरणको विरोध कार्यक्रम गरेर जसपाले दोस्रो चरणको कार्यक्रम अन्र्तगत आमसभाहरु राखेका छन । ७ माघ माघमा सबै जिल्ला सुदरमुकामहरुमा विरोध प्रर्दशन समेत गर्ने कार्यक्रम जसपाले सार्वजनिक गरेको छ ।