रेशम चौधरीलाई रिहा गर्न थारू अभियन्ताहरूद्धारा अन्तक्रिया

थारू अभियन्ताहरूले टीकापुर घटनामा जन्मकैद सजाय पाएका रेशम चौधरीलाई रिहा गर्नका लागी जसपा शिर्ष नेताहरु सहित नागरिक अगुवाहरु संग अन्तक्रिया गरेका छन । बुधबार काठमाडौंमा कार्यक्रम गर्दै टीकापुर थरुहट-थारुवान विद्रोह राजबन्दी रिहाइ राष्ट्रिय अभियानका रूपमा संगठित अभियन्ताहरूले रेशमको रिहाइका लागि सहयोग गर्न सबैलाई आग्रह पनि गरेका छन् ।
अभियानले चौधरीलगायतमाथि झुठा मुद्दा लगाएर फैसला गरेको भन्दै राजनीतिक सहमति र निर्णयका आधारमा मुद्दा फिर्ता, खारेजी तथा आममाफी गरी बन्दीहरूलाई निसर्त रिहा गर्न माग गरेको हो ।
टीकापुर जनविद्रोहको क्रममा एक बालकसहित ७ जनाको निधन हुनु निश्चय नै दुखद् र दुर्भाग्यपूर्ण थियो । तर, त्यो न आयोजकहरूको तर्फबाट प्रायोजित घटना थियो, न जनप्रदर्शन र सभामा सामेल जनसमुदायको उद्देश्यअनुरुप नै थियो । त्यो केही तत्वहरूले अवान्छित तबरले आन्दोलनलाई बदनाम गर्न, राजनीतिक मुद्दालाई आपराधिक करार गर्न गरेको षड्यन्त्र मात्र थियो’, अभियानका संयोजक सुरेन्द्र चौधरीले हस्ताक्षर गरेको अपिलमा भनिएको छ ।
बुधबार आयोजित कार्यक्रममा अभियानका संयोजक सुरन्द्र चौधरीसहित जसपा नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, पूर्वसभामुख एवं अधिकारकर्मी दमननाथ ढुंगानालगायत सहभागी थिए
कार्यक्रममा अभियन्ताहरूले टीकापुर घटनामा दोषी ठहर भएकाहरू राजबन्दी भएको दाबी गरेका छन् । उनीहरूको रिहाइ नभएसम्म आन्दोलन गरिरहने घोषणा पनि अभियानले गरेको छ ।
अपिलमा दाबी गरिएअनुसार अभियानको पक्षमा २१ वटा विभिन्न संघसंस्थाहरूले ऐक्यबद्धता जनाएका छन् ।
पहिलो र दोस्रो चरणको अभियान नामको आन्दोलनअन्तर्गत विभिन्न क्षेत्रका व्यक्तिहरूसँग अन्तर्क्रिया गर्ने, प्रदर्शन गरी सीडीओहरूलाई ज्ञापनपत्र बुझाउने, पेनडाउन गर्न लगाउने, लाठी जुलुस प्रदर्शन गर्नेलगायतका कार्यक्रम राखिएको छ ।
टीकापुर थरूहट-थारूवान विद्रोह राजबन्दी रिहाइ राष्ट्रिय अभियानका संयोजक चौधरीले टीकापुर घटनामा पूर्वाग्रही तरिकाले व्यक्तिविशेषलाई पक्राउ गरी मुद्दा चलाइएको आरोप लगाए ।