राजनितीक रुपमा स्थाई समाधान खोज्नु पर्छ-राजेन्द्र महतो – Madhesh Update

राजनितीक रुपमा स्थाई समाधान खोज्नु पर्छ-राजेन्द्र महतो

   January 7, 2021  

जसपा नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले सबै नेपाली नागरिकले समानुभुति हुने गरि राजनितीक रुपमा स्थाई समाधान गरे मात्रै देशमा स्थायित्व आउन सक्ने बताएका छन । काठमाडौमा आयोजित एक अन्तक्रिया कार्यक्रममा महतोले स्थायित्व किन हुन नसकेको भनेर समस्या पहल्याए विना समाधान हुन नसक्ने उनको जिकिर थियो । प्रतिनिधीसभा विघटन पछिको उत्पन्न राजनितीक अवस्था वारेमा टिप्पणी गर्दै महतोले के संसद पुर्नस्थापन हुदैमा स्थाई समाधान हुने भनेर प्रश्न गरे ?

उनले संसद पुनर्स्थापना गरेर अहिलेको समस्या समाधान नहुने बताएका छन्। संसद पुनर्स्थापना वा चुनाव जे भए पनि फेरि प्रतिगमन नै हुने तर्क गर्दै उनले समस्याको स्थायी समाधान खोज्नुपर्ने बताए। संसद पुनर्स्थापना र मध्यावधि चुनाव दुवै संभ्रान्तको स्वार्थ रक्षाको एजेन्डा भएको उनले दाबी थियो ।

‘संसद पुनर्स्थापनाले अहिलेको समस्या समाधान हुँदैन, यसले संभ्रान्तको मात्र स्वार्थ रक्षा गर्छ,’ महतोले बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा भने, ‘स्थायी समाधान गर्ने हो भने बहुल राष्ट्रको निर्माण गर्नुपर्छ।’

देशमा संसद पुनर्स्थापना गरेर फेरि चुनावमा जाँदा अर्को पात्रले प्रतिगमन गर्ने ठोकुवा गरे। अहिलेको संविधान सबै जनताको नभएकाले समस्या आएको महतोको तर्क थियो। उनले भने, ‘बहुराष्ट्रिय राज्य स्थापना गरेपछि मात्र स्थायी समाधान हुन्छ। त्यसपछि जोसुकै प्रधानमन्त्री भए पनि फरक पर्दैन।’

देशमा मध्यावधी चुनाव हुन्छ भन्ने प्रश्नमा महतोले भने, ‘चुनाव पनि प्रतिगमनकारीको धन्दा हो।’ चुनाव भए फेरि प्रतिगमन हुने ठोकुवा गरे। पटक पटक प्रतिगमनहरू भएको उल्लेख गर्दै सात पटक संविधान बन्दा पनि समस्या समाधान नभएको जिकिर गरे। उनले भने, ‘सात पटक संविधान बन्दा पनि किन समस्या आयोरु’ देशमा अहिलेको संविधानले प्रतिगमन गरि राख्ने ठोकुवा गरे। किस्ताबन्दीमा संसद पुनर्स्थापनाको कुरा गरेर अलमलाउने गतिविधि भइरहेको उनको जिकिर छ।

उनले पटक पटक बहुलराष्ट्रिय राज्य स्थापनामा जानैपर्ने बताए। बहुलतामा नगएसम्म प्रतिगमन भइरहने र गोलचक्करमा देश फसिरहने बताए। आफूहरु बहुराष्ट्रिय राज्य स्थापना गरेरै छाड्ने अभियानमा लागेको समेत बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गराएर प्रतिगमन गरेको महतोको भनाई थियो। ओलीको कदमबाट आश्चर्य मान्नुपर्ने कुनै कारण नभएको उनले बताए। ‘प्रतिगमनकारी संविधान बनाएका थिए, ओलीले फेरि प्रतिगमन गरेकोमा आश्चर्य नमाने हुन्छ,’ उनले भने, ‘यो संविधान अनुसार पटक पटक प्रतिगमन भइरहने छ।’

संविधानलाई विश्वकै उत्कृष्ट भनिएकोमा किन समस्या आयोरु भनी महतोले प्रश्नसमेत गरे। देशका सबै महत्वपूर्ण एजेन्डालाई फाष्ट ट्रयाकमा राखेर बनाइएको उल्लेख गर्दै सबै जनताले आफ्नो ठान्न नसकेको बताए। केही संभ्रान्तहरुले हित रक्षाका लागि संविधान बनाएको तर्क गरे। उनले भने, ‘स्वार्थ पूरा भएन भने संविधानमाथि नै कू गर्ने गतिविधि भइरहेको छ।’

देशमा सात वटा संविधान बनाइसकिएको र पटक पटक कू भएको महतोको भनाई थियो। राणा, राजाहुँदै अहिले बनेको संविधानमा पनि स्वार्थ रक्षा नभएपछि प्रतिगमन गरिएको बताए। उनले भने, ‘संविधानमाथि गिरिजाप्रसाद कोइराला र प्रचण्डले पनि प्रतिगमन गरेका थिए, देउवाले पनि प्रतिगमन गरे।’

उनले चुनावले समस्याको समाधान गर्न नसक्ने बताए। ब्यानर परिवर्तन गर्ने भन्दा स्थायी समाधानमा लाग्नुपर्नेमा उनको जोड थियो। महतोले भने, ‘अमेरिकामा एउटा संविधान २ सय वर्ष भइसक्यो, भारतमा ६५ वर्ष भइसक्यो। ७० वर्षमा नेपालमा सातवटा संविधान बनिसक्दा पनि समस्या के होरु,’ आफूहरूले बहुल राज्य स्थापना गरेर स्थायी समाधान निकाल्ने दाबी गरे।