सिके राउत नेतृत्वको जनमत पार्टीद्धारा नागरिकता विद्येयक विरुद्ध आन्दोलन घोषणा

सिके राउत नेतृत्वको जनमत पार्टीले औपचारिक रुपमा नागरिकता विद्येयक विरुद्ध आन्द्योलनको घोषणा गरेको छ । यस अघि पार्टीको निर्णय नगरे पनि जनमत पार्टीले तराई मधेशका जिल्लाहरुमा नागरिकता विद्येयक विरुद्ध प्रर्दशनहरु गरेका थिए । मंगलवार साझ जनमत पार्टीले विज्ञप्ती निकालेर १० असार देखि स्थानिय तहवाटै विभिन्न प्रकारका आन्दोलनहरु चरण वद्धरुपमा गर्ने कार्यक्रम अघि सारेका छन ।
नागरिकता विद्येयकले तराई मधेशका नागरिकसंग विभेद गरेको भन्दै उक्त पार्टी विद्येयक फिर्ता लिएर सच्याउन माग गरेको छ ।