रौतहटमा नेपाली सेनाको स्वास्थय शिविर – Madhesh Update

रौतहटमा नेपाली सेनाको स्वास्थय शिविर

   January 6, 2021  

नेपाली सेनाले रौतहटको राजपुर–९ बैरियामा मंगलबार स्वास्थ्य शिविर गरेको छ । ओपीडी र दाँतका रोगको उपचार सेवा दिइएको एकदिने शिविरमा जँचाउन आउनेको भीड लागेको थियो ।

नेपाली सेनाको श्रीनम्बर २८ बाहिनी अड्डा जितपुरको टोलीलाई शिविरका लागि औषधि उत्पादक संघ, प्रदेश २ को सामाजिक विकास मन्त्रालय र सैनिक अस्पतालले सघाएको थियो ।

सेनानी नरबहादुर कार्कीको नेतृत्वमा प्राविधिक सहसेनानी डा श्रीस्ना प्रधानसहित २२ जना स्वास्थ्यकर्मी सम्मिलित टोलीले स्वास्थ्य परीक्षण र औषधि वितरण गरेको थियो ।