जसपाको मन्चमा ओली वाहेक सबै दल – Madhesh Update

जसपाको मन्चमा ओली वाहेक सबै दल

   January 5, 2021  

जनता समाजवादी पार्टीले मंगलवार काठमाडौमा आयोजनजा गरेको अन्तक्रिया कार्यक्रममा विघटित प्रतिनिधीसभाका प्रमुख सबै दल सहभागी भएका छन । संसद विघटन पछिको राजनितीक अवस्था वारेमा जसपाले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा नेकपा दहाल-नेपाल पक्षको तर्फवाट अध्यक्ष माधव नेपाल, काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी भए । जसपाको तर्फवाट अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादव सहित वरिष्ट नेताहरु अशोक राई, डा बाबुराम भटराई र राजेन्द्र महतो सहित नागरिक समाज र बौद्धिक क्षेत्रका अगुवाहरु अन्तक्रियामा सहभागी भएका थिए ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा गत ५ गते राष्टपतिले प्रतिनिधीसभा भंग गरे पछि यी दलहरु विरोधमा उत्रिएका छन । जसपाले विरोध प्रर्दशन सहित देशव्यापी आमसभा गर्न लागेको छ भने नेपाली काग्रेस निर्वाचन क्षेत्र र स्थानिय तहलाई लक्षित गरेर विरोध प्रर्दशन गर्ने सार्वजनिक गरेको छ । नेकपाको दहाल-नेपाल समुह पनि विरोध प्रर्दशनमा उत्रिएका छन ।

केहि समय अघि यी तीन दलको बैठकले सयुक्त रुपमै आन्दोलनमा जाने वारेमा छलफल गरे पनि त्यो सार्थकता पाउन सकेको थिएन । मंगलवारको अन्तक्रिया कार्यक्रममा नेकपा नेता नेपालले पुन सबै दल एकभएर प्रधानमन्त्री ओली विरुद्ध उत्रिनु पर्नेमा जोड दिएका थिए ।

नागरिक समाज र बौद्धिक क्षेत्रका अगुवाहरुले संसद विघटन असंबैद्यानिक भएको भन्दै त्यस विरुद्धमा सबै दललाई सश्क्क्त भएर उत्रन सुझाव दिएका थिए ।