एकता विरुद्ध उपेन्द्र यादवद्धारा लागातार पुर्वसगठनको ब्यानरमा प्रशिक्षण

गत १० बैशाख गते नै उपेन्द्र यादव नेतृत्वको तात्कालिन समाजवादी पार्टी र राजपा नेपाल विचमा एकिकरण भएर जनता समाजवादी पार्टी नेपाल गठन भइसकेको छ । जसको अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव छन । तर यादव आफनो नेतृत्वको तात्कालिन समाजवादी पार्टीको युवा संगठनको व्यानरमा लागातार प्रशिक्षणहरु गर्न थालेपछि जसपा नेपालमा हल्लीखल्ली मचेको छ । पार्टीको केन्द्र देखि स्थानिय तह सम्मको समायोजन प्रक्रिया चलीरह्दा यादव भने पुर्व देखि पश्चिम सम्म समाजवादी युवा सघको व्यानरमा प्रशिक्षणहरु चलाउन थालेका छन ।
आइतवार जनकपुरमा यादवकै प्रमुख आतिथ्यमा प्रशिक्षण कार्यक्रम भएको छ । केहि हप्ता अगाडी मात्रै भैरहवामा यस्तै प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो । भैरहवाको प्रशिक्षण पछि पार्टी बैठकमा प्रश्न उठे पछि यादवले अव त्यस्तो नगर्ने बताएका थिए । तर आइतवार काठमाडौमा शिर्ष नेताहरुको बैठक गर्ने मन्जुरी दिएका यादव एक्कासी जनकपुरमा पुन भैरहवा मै गरेको कार्यक्रम प्रदेश दुई स्तरीय गरेका छन ।
आइतवार उनी जनकपुरमा प्रशिक्षण कार्यक्रममा गए पछि जसपाका शिर्ष नेताहरुले यस विरुद्ध आपत्ति जनाएका छन । यादवसंग यस वारेमा स्पष्टीकरण सोध्ने तयारी गरेका छन । भैरहवामा पुर्व संगठनको ब्यानरमा कार्यक्रम गरे पछि यादवकै समुहकै नेता तथा पुर्वप्रधानमन्त्री डा बाबुराम भटराईले अव त्यस्तो नहुने आश्वासन राजपा पक्षका नेताहरुलाई दिएका थिए ।
तर आइतवार जनकपुरमा पुन यादवले पुर्वसंगठनकै ब्यानरमा कार्यक्रम गरे पछि राजपा पक्षका शिर्ष नेताहरुले डा भटराईसंग एकिकरण तोडिन सक्ने चेतावनी दिएका छन । उनीहरुलाई भटराईले यादवसंग स्पष्टीकरण सोध्ने आश्वासन दिएको एक नेताले बताए ।
गएको बैशाख १० गते यादव नेतृत्वको तात्कालिन समाजवादी पार्टी फुटको अन्त्मि संघारमा पुगेको वेला राजपासंग एकिकरण भएको थियो । राजपा पक्षले आफुहरुकै कारण उपेन्द्र यादवको पार्टी फुटवाट बचेको दावी गर्दै आएका छन । राजपा पक्षका नेताहरु त्यो उपेन्द्र खाली कागजमा सही गरेर राजपासंग एकिकरण गर्न तयार भएको थियो । तर पछि उनको व्यहवारमा यु टर्न देखिएको छ । केहि समय अघि पार्टी समायोजनको क्रमममा पुर्वराजपाका केहि नेताहरुलाई उचालेर समायोजनमा यादवले समस्यामा खडा गरेका थिए ।
त्यस पछि पनि पुन जिल्ला र प्रदेशहरुमा पुगेर एकिकरणको मर्म विपरित नै पुर्वसंगठनको ब्यानरमा कार्यक्रमहरु ग्र्न थाले पछि जसपाको शिर्ष तहमा पुन समस्या देखिएको छ ।