टीकापुर थरुहट/थारुवान विद्रोह राजबन्दी रिहाई राष्ट्रिय अभियानद्धारा संघर्षका कार्यक्रम घोषणा – Madhesh Update

टीकापुर थरुहट/थारुवान विद्रोह राजबन्दी रिहाई राष्ट्रिय अभियानद्धारा संघर्षका कार्यक्रम घोषणा

   January 1, 2021  

टीकापुर थरुहटरथारुवान विद्रोह राजबन्दी रिहाई राष्ट्रिय अभियानको घोषणा गरिएको छ । शुक्रबार काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गर्दै सुरेन्द्र चौधरीको नेतृत्वमा उक्त अभियानको घोषणा गरिएको हो ।

थरुहटरथारुवान विद्रोहका राजबन्दीहरु रेशम चौधरी र लक्ष्मण थारुविरुद्ध अदालतले गरेको निर्णय पूर्वाग्रही रहेको भन्दै उनीहरुको रिहाईको लागि यो अभियान सुरु गरिएको हो । अभियानले फागुन तीन गते सम्मका लागी विभिन्न कार्यक्रमहरु घोषणा गरेका छन । त्यस पछि थप कार्यक्रम सार्वजनिक हुने अभियानले जनाएको छ ।

अभियानका पक्षधर संघसंस्थाहरुमा जनता समाजवादी पार्टी, आदिवासी जनजाति राष्ट्रिय आन्दोलन लगायत २१ वटा विभिन्न संघ संस्था र राजनीतिक दलहरु रहेका छन् ।

पहिलो र दोस्रो चरणको अभियान नाम दिइएको आन्दोलनको कार्यक्रममा विभिन्न पक्ष र क्षेत्रका व्यक्तिहरुसँग अन्र्तक्रिया गर्ने, प्रदर्शन गरी सिडिओहरुलाई ज्ञापनपत्र पेश गर्ने, पेनडाउन गर्न लगाउने, लाठी जुलुस प्रदर्शन गर्ने, आमसभाको आयोजना देखि थप आन्दोलनको कार्यक्रमहरु सार्वजनिक गर्ने तय भएको अभियानले जनाएको छ ।

टिकापुर थारुहटरथारुवान बिद्रोह राजबन्दी रिहाई राष्ट्रिय अभियानका संयोजक सुरेन्द्र चौधरीले टिकापुर घटना व्यक्ति विशेषको आन्दोलन नभएको भन्दै पूर्वाग्रही तरिकाले व्यक्ति विशेषलाई पक्राऊ गरी जेल हाल्ने गतिविधि भएको आरोप लगाए । उनले सुरक्षाकर्मी उतारेर थारुहरुमाथि दमन गरेको आरोप लगाए । चौधरीले भने, ‘यो घटनालाई राजनितिक छलफलबाट समाधान गरिनुपर्छ ।’ घटनालाई जाती विशेष मुद्दा नबनाएर राष्ट्रिय मुद्दा बनाउन आग्रह गरे ।

जनता समाजवादी पार्टीका नेता डा। सुरेन्द्र झाले अभियानमा ऐक्यवद्धता जनाए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले घटनाको छानविन गर्न गठिन आयोगको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै प्रश्न गरे । उनले भने,‘१७ हजारको कत्लेआम गर्ने र झापा काण्डका नाइके प्रधानमन्त्रीलाई कुनै कारबाही नहुने तर थारु र मधेशी भएकै कारणले जेल जानुपर्ने रु’

तराई मधेस राष्ट्रिय परिषद सगठन प्रमुख सरोज रायले आन्दोलन अधिकारको लागि भएको टिप्पणी गरे । उनले टिकापुर घटनामा मात्र नभई मधेस आन्दोलनमा पनि दमन गरिएको बताए । घटनाको छानविन गर्न आयोग गठन गरेपनि त्यसलाई अझै सार्वजनिक नगरिएकोमा आपत्ती जनाए । उनले भने, ‘प्र्रधानमन्त्रीले आफैले आयोग गठन गरेका थिए । त्यसको प्रतिबेदन सार्बजनिक गरेर तुरुन्त कार्यान्यन गर्नु पर्छ ।’

मगरात संघर्ष समितीका अध्यक्ष राम मगरले बलिदान दिएका थारुहरु आफ्नो अधिकारको लागि लडेका बताए ।

नेपाल लोकतान्त्रिक पार्टी अध्यक्ष भानुराम थारुले सरकारबाट दमन भएकोले थारुहरुले प्रतिकार गरेर आत्मरक्षा गरेको बताए ।