जसपाले समायोजन काम टुग्याउदै – Madhesh Update

जसपाले समायोजन काम टुग्याउदै

   December 30, 2020  

जनता समाजवादी पार्टी, नेपालले पार्टी एकिकरण पछिको बाकी समायोजन कामहरु टुग्याउन लागेको छ । केन्द्रिय कार्यकारणी समितिले शिर्ष पाच नेतालाई पार्टी एकिकरणको पछिको समायोजन काम टुग्याउने जिम्मा दिएको थियो । अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादव सहित वरिष्ट नेताहरु डा बाबुराम भटराई, राजेन्द्र महतो र अशोक राई त्यस पछि समायोजनको कामहरु अघि वढाएका छन । वुधवार मात्रै पनाच शिर्ष नेताहरु बैठक गरेर केन्द्र वाहेक अव प्रदेश र स्थानिय तहहरुमा पार्टी समायोजन काम टुग्याउने वारेमा बैठक गरेका छन । जसपा स्रोतका अनुसार अघिल्लो हप्ता पनि यी पाच नेताहरु समायोजनकै कामको सिलसिलामा बैठक गरेका थिए ।

गत बैशाखमा रातारात राजपा नेपाल र तत्कालिल समाजवादी पार्टीको विचमा एकिकरण भएर जसपा नेपाल गठन भएको थियो । उपेन्द्र यादव नेतृत्वको तात्कालिन समाजवादी पार्टी फुटको संघारमा पुगेको वेला दुई पार्टीले एकिकरण गरेर मधेश सहित देशमा बैकल्पकि शक्क्रि निर्माणको घोषणा गरेका थिए ।

हालै प्रधानमन्त्री केपी ओलीले प्रतिनिधीसभा विघटन गरे पछि जसपा सबै भन्दा अग्रमोर्चामा रहेर विरोध प्रर्दशन गर्दै आएका छन । ५ दिने विरोध प्रर्दशन भर्खरै गरेको जसपाले आउदो २१ गते देखि ७ माघ सम्मको दोस्रो चरणको विरोध कार्यक्रम पनि घोषणा गरेको छ । जसपाले त्यस दौरान पुर्वको झापा देखि पश्चिमको धनगढी सम्मको प्रमुख सहरहरुमा आमसभा गर्न लागेको छ ।