वीरगञ्जबाट ६ लाखको भन्सार छलीका सामान बरामद – Madhesh Update

वीरगञ्जबाट ६ लाखको भन्सार छलीका सामान बरामद

   December 30, 2020  

वीरगञ्जबाट ६ लाख मूल्य बराबरको भन्सार छलीका सामान बरामद भएको छ । सशस्त्र प्रहरीले लत्ता कपडा, प्याज, लसुन तथा समान ओसार्न प्रयोग गरिएको मोटरसाइकल बरामद गरिएको हो ।

वीरगञ्ज महानगरपालिका–१५ बसपार्क र वीरगञ्ज–१४ गण्डक चोकबाट भन्सार छली गरेर अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ता कपडा, प्याज, लसुन तथा मोटरसाइकल बरामद गरेको गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक दिपेन्द्र थापाले जानकारी दिए ।

बरामद गरिएको सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वाटर पर्साले जनाएको छ ।