संसद विघटनको विरुद्धमा जसपाद्धारा काठमाडौमा विरोध प्रर्दशन – Madhesh Update

संसद विघटनको विरुद्धमा जसपाद्धारा काठमाडौमा विरोध प्रर्दशन

   December 27, 2020  

संसद विघटनको विरुद्धको जनता समाजवादी पार्टीले काठमाडौमा शिर्ष नेताहरुको सहभागीतामा विरोध प्रर्दशन गरेको छ । काठमाडौको रत्नपार्कवाट सरु भएको विरोध जुलुस वागवजार, पुतलीसडक, भद्रकाली हुदै पुन रत्नपार्क शान्तिवाटिकामा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै जसपा संघिय परिषदका अध्यक्ष डा बाबुराम भटराई,  वरिष्ट नेताहरु राजेन्द्र महतो र अशोक राईले सरकार प्रतिगमनमा गएको भन्दै सरकारलाई सडकवाटै ठेगान लगाउने चेतावनी दिए ।

५ पुषमा प्रधानमन्त्रीको रिफरिसमा राष्टपतिले प्रतिनिधसिभा विघटन गरेर  निर्वाचनको मिती घोषणा गरेका थिए । यद्यपी अहिले प्रतिनिधसिभा विघटन गर्नु असंवैद्यानिक र अलोकतान्त्रिक भएको भन्दै नेकपाकै एउटा समुह सहित काग्रेस र जसपाले विरोध गरिरहेको छ ।

जसपाले यस अघि देखि नै सरकार विरुद्ध विभिन्न प्रर्दशनहरु समेत गरेका थिए । आज काठमाडौमा शिर्ष नेताहरुको सहभागीतामा भएको विरोध प्रर्दशन वाहेक जिल्लाहरुमा समेत जसपाको विरोध प्रर्दशनहरु भएको छ ।