जसपाद्धारा देशव्यापी मसाल जुलुस प्रर्दशन – Madhesh Update

जसपाद्धारा देशव्यापी मसाल जुलुस प्रर्दशन

   December 26, 2020  

जनता समाजवादी पार्टीले शनिवार साझ देशैभरी मसाल जुलुस निकालेका छन । संसद विघटनको विरुद्धमा आन्दोलनमा उत्रिएका जसपा सरकार विरुद्ध प्रर्दशन गर्दै आएका छन । शुक्रवार मात्रै जसपाले प्रधानमन्त्री र राष्टपतिको पुतला जलाएका थिए । शनिवार साझ तराई मधेशका जिल्लाहरु सहित काठमाडौमा समेत मसाल जुलुस प्रर्दशन गरेको जसपाले आइतवार काठमाडौमा विशाल जनप्रर्दशन गर्दै छन ।

५ पुषमा प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्ने निर्णय गरे पछि जसपालले त्यसको विरोध गर्दै आइरहेका छन । जसपाले संसद विघटन असवैद्यानिक र अलोकतान्त्रिक भएको भन्दै त्यसको विरुद्धमा उत्रिएको जनाएको छ ।