बृहतर नागरिक समुहद्धारा काठमाडौमा प्रर्दशन

विभिन्न सचेत बौद्धिक, लेखक, कवि, कलाकार एवं नागरिकहरुको बृहत् नागरिक आन्दोलनले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई प्रतिगामी र गैरसंवैधानिक भन्दै शनिबार माइतीघर मण्डलमा शंख फुकेर प्रदर्शन गरेको छ । बृहत् नागरिक समूहले प्रधानमन्त्री र राष्ट्रपति कार्यालयको मिलिभगतमा गरिएको यो गैरसंवैधानिक र जनविरोधी ‘कू’ले प्रतिगमनतर्फको यात्रालाई ताजा र क्रुर मोड दिएको’ उल्लेख गरेको छ ।
आन्दोलनले यो कदमको सशक्त प्रतिवाद गर्न सबै सचेत न्यायप्रेमी नागरिक, कवि, लेखक, पत्रकार, पेशाकर्मी, बौद्धिक लोकतन्त्रप्रेमी सबै तप्काका नागरिकलाई आ–आफ्नो ठाउाबाट आ–आफ्ना माध्याममार्फत प्रतिरोधमा उत्रन समेत आहृवान गरेको छ ।