संसद विघटन विरुद्ध जसपाद्धारा देशव्यापी विरोध प्रर्दशन – Madhesh Update

संसद विघटन विरुद्ध जसपाद्धारा देशव्यापी विरोध प्रर्दशन

   December 23, 2020  

जनता समाजवादी पार्टी, नेपालले वुधवार संसद विघटनको विरुद्धमा ७७ ओटै जिल्लामा विरोध प्रर्दशन गरेका छन । केन्द्रिय कार्यकारणी समितिको निर्णय अनुसार जसपाले ७७ ओटै जिल्ला सदरमुकाममा आज विरोध प्रर्दशन गरेका हुन । जिल्ला नेताहरुको सहभागीतामा भएको विरोध प्रर्दशनमा संसद पुर्नस्थापना गर्न र वर्तमान केपी ओली नेतृत्वको सरकार विरुद्ध नारावाजी गरिएको थियो ।

गत ५ गते सरकारले संसद विघटन गर्दै निर्वाचनमा जाने घोषणा गरे सगै त्यसको विरुद्धमा जसपामा प्रर्दशनमा उत्रिएका हुन । जसपाले १२ गते काठमाडौमा विशाल जनप्रर्दशन गर्ने र त्यस अघि ११ गते साझ मसाल जुलुस र १० गते सबै जिल्ला सदरमुकामहरुमा प्रधानमन्त्री र राष्टपतिको पुतला जलाउने निर्णय गरेको छ ।

प्रधानमन्त्रीले संसद विघटन गरे संगै सतारुढ दल नेकपा विभाजन हुन पुगेको छ भने प्रतिपक्षी काग्रेस र जसपा सरकार विरुद्ध प्रर्दशनमा उत्रिएका छन ।