जसपाद्धारा काठमाडौ सहित देशव्यापी विरोध प्रर्दशनको घोषणा – Madhesh Update

जसपाद्धारा काठमाडौ सहित देशव्यापी विरोध प्रर्दशनको घोषणा

   December 22, 2020  

सभामुखसंग संसद बैठक बोलाउन माग

जनता समाजवादी पार्टी, नेपालले सरकारको सिफारिशमा राष्टपतिले गरेको संसद विघटनको विरोधमा भोली देखि विरोध प्रर्दशन गर्न निर्णय गरेको छ । मंगलवार जसपाको केन्द्रिय कार्यकारणी समितिको बैठकले संसद विघटन अलोकतान्त्रिक कदम भएको निष्कर्ष निकाल्दै भोली सबै जिल्ला सदरमुकामहरुमा विरोध प्रर्दशन गर्ने, १० गते जिल्ला सदरमुकामहरुमा राष्टपति र प्रधानमन्त्रीको् पुतला दहन गर्ने, ११ गते मसाल जुलुस र १२ गते सबै जिल्ला सदरमुकाम सहित काठमाडौमा समेत विरोध प्रर्दशन गर्ने निर्णय गरेको छ ।

विरोध प्रर्दशनहरुलाई सश्क्क्त बनाउन ९ गते सबै जिल्लाहरुमा तयारी बैठक पनि गर्न जसपाले पार्टीको तल्लो निकायहरुलाई भनेको छ ।
जसपाले १२ गते काठमाडौमा गर्ने भनिएको विरोध प्रर्दशन विशाल प्रर्दशन हुने केन्द्रिय नेताहरु सहभागी हुने जनाएको छ ।

यसको साथै जसपाले संविधानले संसद विघटनको परिकल्पना नगरेको भन्दै सभामुखलाई संसद बैठक बोलाउन आग्रह गरेको छ ।