संसद् विघटनविरुद्ध जसपाले बुधबार देशव्यापी विरोध प्रदर्शन गर्ने – Madhesh Update

संसद् विघटनविरुद्ध जसपाले बुधबार देशव्यापी विरोध प्रदर्शन गर्ने

   December 21, 2020  

प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टी, जसपाले देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । सोमबार बसेको आकस्मिक बैठकले ८ पुसमा र्‍यालीसहित देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय भएको जसपा अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए ।

ठाकुरका अनुसार मंगलबार मध्यान्ह १२ बजे केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेर संघर्षका थप कार्यक्रम घोषणा गरिने भएको छ । संसद विघटन असंवैधानिक र गैरराजनीतिक भएको अध्यक्ष ठाकुरको भनाइ छ ।

आइतवार प्रधानमन्त्री केपी ओलीको सिफरिशमा राष्टपतिले प्रतिनिधीसभा भंग गरे लगत्तै जसपाले विज्ञप्ती जारी गरेर विरोध गरेका थिए । जसपा संसद विघटनको विरुद्धमा नेपाली काग्रेस र नेकपाको प्रचण्ड-माधव खेमा संग पनि मिलेर अघि वढेका छन ।