जसपा सहित काग्रेस र नेकपाको प्रचण्ड-माधव खेमा संसद विघटनको विपक्षमा एक साथ उभिने – Madhesh Update

जसपा सहित काग्रेस र नेकपाको प्रचण्ड-माधव खेमा संसद विघटनको विपक्षमा एक साथ उभिने

   December 20, 2020  

जनता समाजवादी पार्टी, नेपाल संसद विघटनको संयुक्त रुपमा प्रतिवाद गर्न नेपाली काग्रेस र नेकपाको प्रचण्ड माधव नेपाल खेमा एक साथ उभिन सहमति गरेका छन् ।

नेकपाको पहलमा तीन दलका नेताहरुको बैठक कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको थियो । बैठकमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र देव गुरुङ थिए भने कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रमुख सचेतक बालकृष्ण खाँड र मिनेन्द्र रिजाल तथा जसपाका डा बाबुराम भट्टराई र राजेन्द्र महतो थिए ।

बैठकले संसद विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिस र त्यसलाई अनुमोदन गर्ने राष्ट्रपतिको कदम दुबै असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको छ ।

यसको विरोध गर्ने र संयुक्त रुपमा प्रतिवाद गर्ने निर्णय समेत भएको छ । भोलि फेरि बैठक गरेर प्रम ओली र राष्टपति कदमको विरोधमा संघर्षका कार्यक्रमहरु घोषणा गर्ने तयारी भइरहेको छ ।