जसपा नेता ठाकुर र महतोद्धारा थारु संम्बद्ध संघसंस्थाहरु संग छलफल
उच्च अदालत दिपालयलले रेशम चौधरी र लक्ष्मण थारु लगायत टिकापुर घटनामा मुछिएका भनिएकाहरु प्रति गरेको निर्णय पश्चात जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आइतवार थारु सम्बद्ध संघसंस्थाहरु तथा नागरिक अगुवाहरु संग काठमाडौमा छलफल गरेका छन । काठमाडौको बबरमहल स्थित पुर्व राजपाले प्रयोग गरेको कार्यलयमा ठाकुर र महतोले थारु नेताहरुको वारेमा आएको फैसला पश्चात कसरी अगाडी वढने भन्ने वारेमा छलफल गरेका थिए । शुक्रवार उच्च अदालच दिपायलले रेशम,लक्ष्मण सहितका नेताहरुलाई पुन जन्मकैदको फैसलालाई सदर गरेका थिए । यस लक्ष्मण थारुलाई जिल्लाा अदालतले सफाई दिइसकेका थिए ।
उक्त निर्णय पश्चात बिच्कीएका थारु सम्बद्ध संघसंस्थाहरुले संघर्षमा जाने चेतावनी दिएका थिए । जसपाले समेत उक्त फ्रैसला विरुद्ध संघर्षमा जाने चेतावनी दिएका थिए ।
दोस्रो संविधानसभाले संविधान जारी गर्ने वेलामा आफनो अधिकारको माग सहित भएको आन्द्योलनको क्रममा टिकापुरमा भएको हिसांत्मक घटनामा रेशम चौधरी, लक्षण थारु लगायतका थारु अगुवा नेताहरु मुछिएका थिए ।