जनकपुर उपमहानगरको नगरसभा अलपत्र – Madhesh Update

जनकपुर उपमहानगरको नगरसभा अलपत्र

   June 24, 2020  

जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख लालकिशोर साहले ०७७र०७८को आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्न नसक्दा नगरसभा नै स्थगित गर्नुपरेको छ । नगरप्रमुख साहको रवैयाविरुद्ध वडाअध्यक्षहरुले विरोध गर्दै आएका थिए । नगरप्रमुख साहले वडाध्यक्षहरुको मागलाई बेवास्ता गरेपछि सादा माईन्यूटमा हस्ताक्षर गर्न उनीहरुले मानेन् ।

सोमबार वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले नगरप्रमुखले नीति तथा कार्यक्रम लगायतका विषयमा पारदर्शिता नदेखाएको भन्दै माईन्यूट नै च्यातेका थिए । त्यसपछि बिहानदेखि रातीसम्म नगरप्रमुख साहले नगर प्रहरी र नेपाल प्रहरी लगाएर उनीहरुलाई जबर्जस्ती हस्ताक्षर गराउन नगर कार्यालयमै बन्दी समेत बनाएका थिए ।तर पनि नगर प्रमुखको प्रयास भने असफल रह्यो ।

त्यसपछि मंगलवार विहानै देखि नै नीति तथा कार्यक्रम पास गरी आजै नगरसभा गर्ने योजना अनुसार अघि बढेपनि उनी अन्ततः सफल भने भएनन् ।