जसपा नेपाल र नेपाली काग्रेस विचमा दुई सहमती – Madhesh Update

जसपा नेपाल र नेपाली काग्रेस विचमा दुई सहमती

   December 19, 2020  

सरकारसंग तत्काल संसद अधिवेशन बोलाउन माग गरिने

जनता समाजवादी पार्टी नेपाल र नेपाली काग्रेस विचमा दुई बुदे सहमती शनिवार भएको छ । काग्रेस सभापति शेरबहादुर देउवाको निवासमा भएको दुई पार्टीका शिर्ष नेताहरुको छलफल पछि भएको् सहमती अनुसार दुवै पार्टीले सरकारसंग तत्काल संसद अधिवेशन बोलाउन माग गर्ने छ । त्यसको साथै दुवै पार्टीले सरकारविरुद्ध सहकार्य गरेर अघि वढने पनि सहमती गरेको छ ।

शनिवार दिउसो काग्रेस सभापति देउवाको निवासमा काग्रसको तर्फवाट देउवा सहित वरिष्ट नेता रामचन्द्र पौडेल र सहमहामन्त्री डा प्रकाशशरण महत तथा जसपाको तर्फवाट महन्थ ठाकुर, डा बाबुराम भटराई र राजेन्द्र महतोको सहभागतामा बैठकमा भएको थियो ।
जसपा वरिष्ट नेता महतोका अनुसार संसदको नियमित अभिवेशनको समय भइसकेकाले तत्काल अधिवेशन बोलाउन माग गरिने र ससदमा सरकार विरुद्धमा एक भएर अघि वढने कुरा दुई पार्टीको विचमा शनिवार भएको छ ।

कोभिड सहित अन्य धेरै विषयमा सरकार आलोचित भइरहेको वेला ससदका दोस्रो र तेस्रो दल सरकार विरुद्ध उभिने गठनजोड गरेका छन । प्रधानमन्त्री केपी ओलीले हालै संवैदानिक परिषद सम्बन्धी अध्यादेश ल्याए पछि दुवै दलले उक्त अध्यादेश फिर्ता गर्न माग गरिसकेको छ । दुवै दलले नयां अध्यादेश अनुसार हुने कुनै पनि निर्णयहरु नमान्ने पनि जनाइसकेको छ ।