विवाहपन्चमीको तिलकोत्सव आज मनाइयो – Madhesh Update

विवाहपन्चमीको तिलकोत्सव आज मनाइयो

   December 17, 2020  

कोरोना संक्रमणका कारण औपचारिकतामा सिमित हुन पुगेको यस बर्षको जनकपुरको विवापन्चमीमा आज तिलकोत्सव मनाइएको छ । विवाहपन्चमीको कार्यक्रमहरु गत सोमबारदेखि नै सुरु भएको र आइतबार चल्ने जानकी मन्दिरले जनाएको छ । आज जानकी मन्दिर र राम मन्दिरको मुऋय महन्थहरुको सम्धी मिलान सगै तिलकोत्सव मनाएको छ ।

त्रेता युगमा जनकपुरमा भगवान राम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी विवाह पञ्चमी मनाइने परम्परा रहँदै आएको हो ।

विवाह पञ्चमीको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेश्रो दिन धनुष यज्ञ विधि समापन भएको छ भने बिहीबार चौथो दिन तीलकोत्सव मनाइएको छ ।

त्यस्तै भोलि पाँचौ दिन मटकोर र छैठो दिन पुस ४ गते रामसीता स्वयंवर तथा विवाह गर्ने कार्यक्रम छ ।

अन्तिम दिन पुस ५ गते रामकलेवा विधि पश्चात विवाह पञ्चमी महोत्सवको विधिवत समापन हुनेछ ।

विगत एक वर्षदेखि महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण यसवर्ष विवाह पञ्चमी महोत्सव प्रभावित भएको छ । अन्य वर्षहरु जस्तो यो वर्ष भारतको अयोध्याबाट जन्ती समेत आउने कार्यक्रम छैन ।