संसद अधिवेशन वोलाउन जसपाद्धारा माग – Madhesh Update

संसद अधिवेशन वोलाउन जसपाद्धारा माग

   December 17, 2020  

जनता समाजवादी पार्टी नेपालले संघिय ससदको अधिवेशन तत्काल बोलाउन सरकार संग माग गरेको छ । जसपाका अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्ती निकालेर सरकार सर्वसतावाद तिर अगाडी वढीरहेको आरोप लगाउदै तत्तकाल ससद अघिवेशन बोलाउन भनेको छ । संसद अघिवेशन नवोलाएर सरकार एक पछि अर्को अध्यादेश ल्याउन तर्फ गएको भन्दै जसपाले अध्यादेशहरु नस्विकार्ने पनि बताए ।

प्रधानमन्त्री केपी ओलीले ल्याएको संबैद्यानिक परिषख सम्बन्धी अध्यादेश लोकतान्त्रिक मुल्य मान्यता विपरित रहेको भन्दै त्यो जसपाले स्विकार नगर्ने समेत जनाएको छ ।

प्रधानमन्त्री ओलीले मंगलवार ल्याएको संबैद्यानिक परिषद सम्बन्धी अध्यादेशको चौतर्फी विरोध भए पनि वुधवार बसेको नेकपाको स्थाई कमिटी बैटकले उक्त अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।