उखु किसानको पक्षमा जसपाका नेताहरु द्धारा तराई-मधेशका जिल्लाहरुमा पनि प्रर्दशन – Madhesh Update

उखु किसानको पक्षमा जसपाका नेताहरु द्धारा तराई-मधेशका जिल्लाहरुमा पनि प्रर्दशन

   December 17, 2020  

काठमाडौ आएर आफनो उखुको भक्तानीको लागी आन्द्योदनमा उत्रिएका सर्लाहीका किसानहरुको पक्षमा मधेशका जिल्लाहरुमा पनि प्रर्दशन हुन थालेका छन । एक बर्ष काठमाडौ आएर आन्द्योलन गरे पछि उखु किसानहरु संग चिनी मिलहरु भुक्तानी गर्ने सम्झौता सरकारको रोहवरमा भएको थियो । तर एक बर्ष विते पनि किसानहरुले त्रुक्तानी नपाए पनि पुन किसानहरु काठमाडौ आएर आन्दोलनमा उत्रिएका छन ।

उनीहरु चिसो मौसममा काठमाडौको माइतीघरमा दिनवर धर्नामा हप्ता भन्दा वढी देखि देखि बसीरहेको भए पनि उनीको सुनवाई सरकारले चासो लिएको छैन ।

विहिवार संसदीय समितिले सरकारलाई एक हप्ता भित्र उखु किसानहरुको भुक्तानी गराउन निर्देशन दिए पनि किसानहरु ढुक्क हुन सकिरहेका छैन ।

यसरी काठमाडौमा आएर आफनो भुक्तानीका लागी किसानहरु आन्दोलनमा उत्रिए पछि त्यसको समर्थनमा जसपा सम्बद्ध युवाहरु सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट लगायतका जिल्लामा प्रर्दशन गरेका छन ।