लक्ष्मण थारु सहित अन्य थारु-जनजातीसंग एकिकरण गर्न जसपाले बनायो वार्ता टोली – Madhesh Update

लक्ष्मण थारु सहित अन्य थारु-जनजातीसंग एकिकरण गर्न जसपाले बनायो वार्ता टोली

   December 14, 2020  

जनता समाजवादी पार्टी, नेपालले लक्ष्मण थारु नेतृत्वको थारुवाण मोर्चा सहित अन्य थारु तथा जनजाती समुहसग एकिकरण गर्नका लागी वार्ता टोली बनाएको छ । आइतवार जसपा नेपालको पार्टीले विज्ञप्ती निकालेर यी समुहहरु संग वार्ता र संवाद गर्ने जिम्मा नेताहरु हेमराज राई, नवराज सुवेदी र केशव झा लाई दिएको जनाएको छ ।

जसपा नेपाल गठन भए देखि पहाड तर्फका जनजाती समुहहरुको ससना समुहहरु र थारुसमुदायमा सक्रिय संगठनहरु सग सवादहरु थालिएको थियो । यद्यपी उक्त संवादहरुलाई मुर्त रुप दिन जसपाले अहिले वार्ता समिति नै गठन गरेको छ ।