तराई-मधेश सहित देशैभरि सरकार विरुद्ध नेपाली काग्रेसको प्रर्दशन – Madhesh Update

तराई-मधेश सहित देशैभरि सरकार विरुद्ध नेपाली काग्रेसको प्रर्दशन

   December 14, 2020  

सरकारको विरोध गर्दै प्रतिपक्षी दल नेपाली काग्रेस सबै जिल्लाको सदरमुकामहरुमा आज विरोध प्रर्दशन गरेका छन । केन्द्रिय नेताहरुको सहभागीतामा भएको विरोध प्रर्दशनको कोणसभालाई शिर्ष नेताहरुले सम्बोधन गरेका छन ।

सोही अनुरूप प्रदेश २ का आठ वटै जिल्लामा समेत कांग्रेसले सरकार विरोधी नारा गर्दै विरोध प्रदर्शन गरेको हो।

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा कांग्रेसको पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा कांग्रेसी कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन्।

महोत्तरीमा नेपाली कांग्रेस महोत्तरीका सभापति महेन्द्र कुमार रायको नेतृत्वमा प्रदर्शन गरिएको थियो।

महोत्तरीको खैरास्थित पार्टी कार्यालयबाट निस्केको विरोध जुलुसमा जनविरोधी सरकार मुर्दावाद, संघीय गणतान्त्रिक लोकतन्त्र नेपाल जिन्दावाद सहितका नारा लगाउँदै महोत्तरीमा समेत कांग्रेसी कार्यकर्ता प्रदर्शनमा ओर्लेका थिए।

सर्लाहीमा जिल्ला सभापति नागेन्द्र प्रसाद रायले जिल्लामा भएको प्रदर्शनको कमाण्ड सम्हाले।

त्यस्तै, सप्तरीमा जिल्ला सभापति दिनेश यादव, सिराहामा केन्द्रीय सदस्य शंकर भण्डारी तथा पर्सामा केन्द्रीय सदस्य अजय चौरसियाको नेतृत्वमा कांग्रेसको विरोध प्रदर्शन भएको हो।

प्रदेश २ का जिल्लामा भएका सरकार विरूद्धको प्रदर्शनमा हजारौं कार्यकर्ताको सहभागिता थियो।

वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गृह जिल्ला तनहुँमा भएको दुर्व्यवहार, कोरोना नियन्त्रणमा सरकारको असफलता, भ्रष्टाचार, संवैधानिक अंगलाई कमजोर बनाउनु लगायतका मुद्दालाई आधार बनाएर देशैभरि विरोध प्रदर्शन गरेको हो।

जनकपुरधामसहित प्रदेश २ का जिल्लाका सदरमुकाममा ‘अति भो अति भो, मुलुककै छवि क्षति भो, औषधि छैन मल छैन, सत्ताको लडाइँ लाज छैन’ लगायतका नारा लगाएका थिए।

यता धनुषामा भने जनकपुरधामस्थित पार्टी कार्यालयबाट निस्केको र्‍याली नगर परिक्रमा गर्दै रेल्वे स्टेसनमा पुगेर कोणसभामा परिणत भएको थियो।