जसपाका नेताद्धय ठाकुर र महतो संग भेटे भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवाले – Madhesh Update

जसपाका नेताद्धय ठाकुर र महतो संग भेटे भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवाले

   December 12, 2020  

नेपाल भ्रमणमा आएका भारतीय सतारुढ दल भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेले आज जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसग भेटेका छन । नेपालमा सतारुढ दल तथा प्रधानमन्त्री केपी ओलीको समुहको निमन्त्रणमा आएका चौथाइवाले प्रम ओली सहित काग्रेस सभापति शेरबहादुर देउवा, परराष्टमन्त्री प्रदीप ज्ञवाली सहितका नेताहरुग भेट गरेका छन ।

पछिल्लो समयमा भारतवाट लागातार भइरहेको भ्रमणको क्रममा काठमाडौ आइपुगेका भाजपा विदेश विभाग प्रमुख नेपालका राजनितीक दलहरु संग भारतीइ सतारुढ दल भाजपाको सम्बन्ध वलियो बनाउने र नेपाल भारत सम्बन्ध मजवुत कसरी बनाउदै लैजाने भन्ने वारेमा छलफल गरेका छन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निकट रहेर काम गरिरहेका भाजपा विदेश विभाग प्रमुख चौथाइवाले यस अघि भारतीइ प्रम मोदीको नेपाल भ्रमणको वेला पनि काठमाडौ आएका थिए ।