बारा-पर्सा सहित तराई-मधेशमा आज पनि नाकाहरुमा धर्ना – Madhesh Update

बारा-पर्सा सहित तराई-मधेशमा आज पनि नाकाहरुमा धर्ना

   December 12, 2020  

नेपाल-भारत सिमा नाकाहरु पुर्ववत रुपमा सरकारले औपचारिक तवरले खोल्नुपर्ने माग सहित तराई मधेशका बारा, पर्सा सहितका जिल्लाहरुमा आज पनि धर्ना कार्यक्रम चलेको छ । विगत तीन हप्ता देखि तराई मधेशका पुर्व देखि पश्चिमसम्म नाकाहरुमा धर्ना सहित विरोध कार्यक्रह चलीरहेको छ । नेपाल-भारत खुला सिमा संवाद समुह र नागरिक समाजको व्यानरमा ठाउ अनुसार विरोध/धर्ना कार्यक्रमहरु चलीरहेको छ ।

भारतवाट लुकी छिपी आउ जाउ भइरहे पनि प्रहरी प्रशासनले अनावश्यक दुख दिन गरेको भन्दै सरकारले औपचारिक रुपमै पुर्ववत रुपमा नाकाहरु खोल्नु पर्नै माग तराई-मधेशमा देखिएको छ ।

आज पर्साको विरगंज र बाराको मटियर्वा नाकामा जसपाका केन्द्रिय नेता अनिल महासेठ, जितेन्द्र सिंह सहित युवा नेताहरु सहभागी थिए । जसपाका नेताहरुले नाका खोल्नुपर्ने धर्नाको अगुवाई गरिरहेको भए पनि सवै पक्षका युवाहरु र व्यापारीहरुको यसमा सहभागीता देखिन्छ । विरगंजमा हिजो मात्रै व्यापारीहरुले छुटै एक घन्टा धर्ना दिएका थिए ।

कोराना महामारी सगै गत चैत देखि नेपाल भारतको खुल्ल सिमा नाकाहरु सरकारले बन्द गर्ने निर्णय गरेको थियो ।