घर अगाडी पार्किगमा राखेको पिकअप भ्यानमा आगलगी – Madhesh Update

घर अगाडी पार्किगमा राखेको पिकअप भ्यानमा आगलगी

   December 12, 2020  

सप्तरीमा घरअगाडि पार्किङ गरी राखिएको पिकअप भ्यानमा अपरिचित व्यक्तिले आगजनी गरेको छ । जिल्लाको विष्णुपुर गाउँपालिका-६ गोरगमाका बेचन मुखियाको स-१ च १७२५ नम्बरको पिकअप भ्यानमा शनिबार बिहान अपरिचित व्यक्तिले आगजनी गरेको हो ।

आगजनीबाट २४ लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ । पीडित मुखियाका अनुसार शनिबार बिहान करिब १ बजेतिर घरअगाडि राखिएको पिकअपमा पेट्रोल छर्केर आगजनी गरिएको हो ।

स्थानियबासी, प्रहरी तथा राजविराजबाट आएको बारुण यन्त्रको सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।