नेपाल-भारत सिमा खुल्ला हुनुपर्ने माग सहित सिरहाको माडर नाकामा धर्ना – Madhesh Update

नेपाल-भारत सिमा खुल्ला हुनुपर्ने माग सहित सिरहाको माडर नाकामा धर्ना

   December 11, 2020  

तराई-मधेशका जिल्लाहरुमा नेपाल-भारत सिमा नाका पुर्ण रुपमा खुल्ला हुने पर्ने माग सहित भइरहेको धर्ना कार्यक्रम आज सिरहाको माडर नाकामा भएको छ । जसपा नेपालको केन्द्रिय सदस्य अनिल महासेठको अगुवाईको भएको उक्त धर्ना कार्यक्रमहरु सिरहाका युवा अगुवाहरु सहभागी भएका थिए ।

कोराना सक्रमणका कारण औपचारिक रुपमा बन्द रहेको नेपाल-भारत सिमा नाकाहरु खुल्ला हुनु पर्ने माग सहित गत ३ गते देखि तराई मधेशका जिल्लाहरुमा विरोध सहितको धर्ना कार्यक्रहहरु चलीरहेको छ । नेपाल-भारत खुला सिमा संवाद समुहको व्यानरमा भइरहेको धर्ना कार्यक्रमहरु पुर्व दे्खि पश्चिम सम्म फैलिएको छ ।

संवाद समुहको अगुवा समेत रहेका जसपा नेपालका केन्द्रिय सदस्य महासेठले सरकारले औपचारिक रुपमा नेपाल-भारत सिमा नाका खुल्ला गर्ने निर्णय नगरेका तराई मधेशका नागरिकहरु समस्या परेका कारण आफुहरु धर्ना सहितको विरोध कार्यक्रममा उत्रिएको बताए ।