यो बर्षको विवाहपन्चमी औपचारिकतामा सिमित हुने – Madhesh Update

यो बर्षको विवाहपन्चमी औपचारिकतामा सिमित हुने

   December 11, 2020  

जनकपुरघामको सबै भन्दा भव्य मेलाको रुपमा मानिने विवाहपन्चमी यस पटक कोरानासंक्रमणका कारण औपचारिकतामा सिमित रहने भएको छ । राजा र सिताको विवाहउत्सवको रुपमा जनकपुरमा विवाहपन्चमी भव्य रुपमा मनाइने गर्ने चलन छ । भारतको अयोधयावाट जयन्ती नै आउने भएकाले र अन्य भारतीय धार्मिक सहरहरुवाट ठुलो संख्यामा मानिसहरु आउने भएकाले जनकपुरको विवाहपन्चमी मेला प्रसिद्ध छन ।

जनकपुर क्षेत्रमा विवाहपन्चमीको १५दिन अगावै वाट यसको चहलपहल वढने गरेको थियो तर यो एक हस्ता मात्रै वाकी रह्दा पनि जनकपुरमा विवाहपन्चमीको रौनक देखिएको छैन । यो बर्ष आउदो ४ गते विवहपन्चमी परेको छ ।

नेपाल–भारत सीमा बन्द भएका कारण भारतीय श्रद्धालुहरु आउने सम्भावना नरहेको स्थानियहरुको भनाई छ । त्यसैगरि भारतको अयोध्यावाट समेत यो पटक जयन्ती धर्मालम्बीहरु नआउने भएको छ । जानकी मन्दिरका अनुसार विवाहपन्चमीको एक हप्ता मात्रै वाकी रह्दा अहिले सम्म अयोध्यावाट कुनै सुचना आएको छैन ।

भगवान राम र सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष विवाह पञ्चमी मनाउने गरिन्छ । वर्षौंदेखि चल्दै आएको परम्परालाई यस वर्ष सीमित रुपमा मनाइने जानकी मन्दिरले जनाएको छ ।

यद्यपी हुदै आएको विद्यी पुर्याउन पनि यो पटक पनि विवाह पञ्चमीको सप्ताहव्यापी कार्यक्रम घोषणा गरिएको छ । मंसिर २९ गते जनकपुर नगर दर्शन, ३० गते फूलबारी लिला, पुस १ गते धनुष यज्ञ, पुस २ गते तिलकोत्सव, ३ गते मटकोर, ४ गते शुभ विवाह र ५ गते रामकलेबा विधि गरिने मन्दिरले जनाएको छ ।

‘कोरोना भाइरसको संक्रमण कायमै रहेकाले यस पटक विवाह पञ्चमीको अवसरमा कुनै उत्सव गरिएको छैन,’ जानकी मन्दिरका उत्तराधिकारी रामरोशन दासले भने, ‘विधि पुर्याउने काम मात्रै हुन्छ ।’
जन्ती आउने सम्बन्धमा यसअघिका वर्षहरुमा पहिला नै जानकारी आउने गरिन्थ्यो । तर यस पटक भारतको अयोध्याबाट कुनै खबर नआएको उनले बताए ।