प्रदेश २ लोक-सेवाले कर्मचारी माग्यो – Madhesh Update

प्रदेश २ लोक-सेवाले कर्मचारी माग्यो

   December 10, 2020  

प्रदेश २ लोक सेवा आयोगले पहिलो पटक कर्मचारीको मागसहितको विज्ञापन आह्वान गरेको छ । आयोगले बिहीबार राजपत्राङ्कित तृतीय श्रेणीरसातौं तह नेपाल इन्जिनियरिङ सेवातर्फ प्राविधिक पदमा कर्मचारी माग गरेको छ ।

आयोगले सूचनामार्फत खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा २४ पदमा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो । योग्यता पुगेका उम्मेदवारले आगामी पुस २२ गतेभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

गत असोज १२ गते प्रदेश २ सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ को उपदफा ९१० बमोजिम राजपत्राङ्कित तृतीय श्रेणी वा सो सरहको नेपाल इन्जिनियरिङ सेवातर्फका प्राविधिक पदका लागि प्रदेश २ लोकसेवा आयोगले विज्ञापन आह्वान गरेको हो ।

प्रदेश सरकारले गत असोजमा संघीय ऐनअनुसार प्रदेश लोकसेवा आयोगलाई स्वास्थ्य र इन्जिनियरिङ सेवातर्फ सातौं तहसम्मका कर्मचारी भर्ना गर्न अनुमति दिएको थियो ।

प्रदेश सरकारले लोकसेवा आयोगको ‘ओ एन्ड एम’ पारित गरी आयोगको सचिवमा कामकाज गर्न आन्तरिक मामिला मन्त्रालयका सचिव विरेन्द्र यादवलाई जिम्मेवारी तोकेको छ ।

कोरोना महामारीमा प्रदेशमा चिकित्सकको आभाव र विकास निर्माणका लागि इन्जिनियर भर्ना गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै प्रदेश सरकारले स्थायी नियुक्तिको प्रक्रिया अगाडि बढाउन आयोगलाई अनुमति दिएको हो ।