फालिएको व्यवस्था मान्य हुने छैन-महन्थ ठाकुर – Madhesh Update

फालिएको व्यवस्था मान्य हुने छैन-महन्थ ठाकुर

   December 8, 2020  

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले राजवादी र हिन्दुवादी आन्द्योलन प्रति लक्षित गरेर फालिएको व्यवस्था आफुहरुलाई मान्य नभएको बताएका छन । प्रधानमन्त्री केपी ओलीले मंगलवार वोलाएको सर्वदलीय बैठकमा बोल्दै ठाकुरले सरकारका कारण आम नागरिकमा निराशा छाएको दावी गर्दै त्यसमा निहुमा हुने प्रतिगमन आफुहरुले स्विकार नगर्ने समेत बताए । पछिल्लो समयमा तराई मधेश सहित काठमाडौ र अन्य भेगमा राजवादी र हिन्दुवादीहरुको प्रर्दशन बाक्लीएको छ । ठाकुरले संविधानले मधेशी जनजाती सहित सिमान्त्कृत समुदायलाई न्याय नगरेको प्रसंग उल्लेख गर्दै असन्तुष्टिलाई सम्बोधन गर्न पनि सरकार र प्रमुख दलहरुलाई आग्रह गरे । असन्तुष्टि सम्बोधन नभए मुलुकमा विग्रह देखिरहने बताउदै ठाकुरले प्रतिगमनकारी शक्क्तिलाई रोक्न पनि आफुहरुको माग सम्बोधन गर्न ध्यानकर्षण गराए ।

उनले जनताले फालेको राजतन्त्र र राजवादीहरु सल्बलाउन ठिक संकेत नभएको भन्दै त्यस विरुद्ध आफुहरु जह्ल्यिै पनि उभिने बताए । देशको विभिन्न भागमा राजवादीहरुको प्रर्दशनहरु बाक्लीन थाले पछि प्रम ओलीले मगलवार प्रतिनिधीसभामा सहभागी सबै दललाइ सर्वदलीइ बैठकका लागी बोलाएका थिए ।

बैठकमा जसपाको चर्फवाट अध्यक्षद्धय ठाकुर र उपेन्द्र यादव सहभागी थिए ।