धनुषाको फुलगााममा मनियारी सिचाई योजना शिल्यानास – Madhesh Update

धनुषाको फुलगााममा मनियारी सिचाई योजना शिल्यानास

   December 8, 2020  

बहुप्रतिक्षित धनुषाको फुलगामा स्थीत मनियारी सिचाई आयोजजा सोमवार शिल्यानास गरिएको छ । उक्त क्षेत्रका प्रतिनिधीसभा सासद तथा जसपा नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले उक्त शिल्यानाश गरेका हुन । महतोले आफुहरु मुलरुपमा मधेशी समुदायको अधिकारका लडीरहेको भए पनि सम्भव जती विकास काम पनि गर्नु पर्ने मान्यताका आधार उक्त सिचाई योजना अगाडी वढाएको बताए ।

मनियारी सिचाई आयोजना उक्त क्षेत्रका जनताका लागी महत्वपुर्ण योजना रहेको स्थानियहरुले बताउने गरेका छन ।

जसपा नेता महतोले प्रदेश २ सरकारका कामहरु मार्फत मधेश समृद्धिको बाटोमा अगाडी बढी समेत दावी गरे । उनले प्रदेश २ मा भई रहेको विकास निर्माण तथा सौदर्यीकरण प्रसंसनीय रहेको बताए।

उनले खेत खेतमा सिंचाइ तथा हातहातमा रोजगार भन्ने नारालाई विभिन्न जिल्लामा नयाँ सिंचाइ योजनाहरुको शुभारम्भ गरेर सार्थक बनाउने अभियानमा प्रदेश सरकार लागेकोमा खुशी व्यक्त गरे । कार्यक्रममा प्रदेश २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनारले प्रदेश २ का ८५ प्रतिशत जनता कृषि पेशामा लागेकाले खेतमा हरियाली नआएसम्म किसानको अनुहारमा खुशीयाली आउन नसक्ने भएकाले प्रदेश सरकारले सिंचाईमा जोड दिईएको बताए । कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले किसानको अनुहारलाई उज्यालो बनाउनका लागि कृषिमा सुधार एवं विकास आवश्यक भएको बताए । उनले सिञ्चाई, मल, खाद्यको अभावमा किसानहरु पीडित हुदै आएकाले नै प्रदेश सरकारले पानीका साना साना श्रोतहरुको सही व्यवस्थापन गरेर जनताको खेतखेतमा सिञ्चाई सेवा पुर्याउने गरी अगाडी बढेको बताउनु भयो ।

प्रदेश नं २ सरकारको जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय जनकपुरधामको रेखदेखमा १७ करोडको लागतमा दुई वर्षमा उक्त सिंचाई योजना सम्पन्न गर्ने कार्यक्रम रहेको सिनियर डिभिजनल ईन्जिनियर भगवान झाले जानकारी दिए । सिंचाई योजनाको निर्माण सम्पन्न भएपछि सो क्षेत्रका ५ सय ५० हेक्टर क्षेत्रफलमा बाह्र महिना नै सिञ्चाई सेवा पुग्ने सिडिई झाले बताए ।