रौतहटको चन्द्रनिगाहपुरमा राजावादीको प्रदर्शन – Madhesh Update

रौतहटको चन्द्रनिगाहपुरमा राजावादीको प्रदर्शन

   December 8, 2020  

रौतहटको चन्द्रनिगाहपुरमा राजावादीहरुले आज प्रदर्शन गरेका छन् । उनीहरुले नगर क्षेत्र परिक्रमा गरी ‘राजा आउ, देश बचाउ’ भन्दै प्रदर्शन गरेका हुन् ।

नेपाली जनता जागौं, राजा संस्था ल्याऊँ, देश र धर्मको रक्षा गरौं भन्ने मुल नारासहित स्थानीय युवाले सक्रिय सहभागिता जनाएका थिए ।

उनीहरुले ‘पूर्वपश्चिम हल्ला छ, राजा ल्याउने सल्लाह छ’, भन्दै नेपाली राष्ट्रिय झण्डासहित चन्द्रनिगाहपुर परिक्रमा गरेका थिए । स्थानीय युवाले स्वस्फूर्त रुपमा राजाको पक्षमा नारा लगाएका स्थानीय नेतृ चिना कोइरालाले बताइन् ।

राजाको पक्षमा व्यापक जनमत भइसकेको उनको धारणा छ । जुलुसले नगर परिक्रमा गरिसकेपछि चन्द्रनिगाहपुर चोकमा कोणसभा गरेको थियो ।

जहाँ उनीहरुले राजसंस्था पुनःस्थापना गरी अखण्ड नेपाल र हिन्दु राष्ट्र कायम गर्ने बताएका छन् ।