तराई-मधेशका ११ जिल्लाको दुई दर्जन जती नाकामा धर्ना – Madhesh Update

तराई-मधेशका ११ जिल्लाको दुई दर्जन जती नाकामा धर्ना

   December 7, 2020  

तराई मधेशका जिल्लाहरु संग गाभिएको नेपाल-भारत खुल्ला सिमा नाकाहरु खोल्नु पर्ने माग गर्दै ११ जिल्लामा धर्ना भइरहेको छ । नेपाल भारत खुल्ला सिमा संवाद समुहको व्यानरमा नाकाहरु पुर्ववत खुल्ला हुनु पर्ने माग गर्दै धर्नाहरु जारी रहेको सम्बद्ध संस्थाले जनाएको छ । अहिले पुर्वको झापा देखि पश्चिमको रुपन्देहि सम्म गरेर ११ जिल्लामा दुई दर्जन जती नाकामा धर्ना कार्यक्रम भइरहेको छ । पुर्वको झापा, मोरड, सुनसरी, सप्तरी, सिरहा, धनुपा, महोत्तरी, सर्लाही, रौतहट, पर्सा र पश्चिमको रुपन्देहिमा धर्ना कार्यक्रम भइरहेको छ ।

पुर्वको झापा र मोरडमा मात्रै ६ ओटा नाकामा धर्ना तथा विरोध कार्यक्रम भइरहेको संवाद समुहले जनाएको छ ।

गत ३ गते देखि धनुषाको विदेश नगरपालिको दुहवी नाकावट सुरु भएको धर्ना तथा विरोध कार्यक्रमहरु अहिले सम्म ११ ओटा जिल्लामा फैलिएको  छ । सर्लाही र रौतहटमा नागरिक समाजको व्यानरमा भइरहेको विरोध तथा धर्ना कार्यमक्रम भइरह्को छ भने वाकी अन्य जिल्लामा नेपाल भारत खुल्ला सिमा संवाद समुहको व्यानरमा धर्ना तर्था विरोध कार्यक्रम भइरहेको छ ।

संवाद समुहका राजीव झाका अनुसार आफुहरु विना कुनै शर्त पुर्ववत रुपमा नेपाल भारत सिमा नाकाहरु खुल्लाहरु पर्ने माग गरेको छ । कोराना संक्रमणका कारण सरकारले गत चैत देखि सिमा नाकाहरु बन्द गर्ने निर्णय गरेका थिए । यद्यपी लुकी छिपी भारत र नेपालको विचमा आवतजावत जारी रहेका छन ।