प्रधानमन्त्री केपी ओलीले बोलाए सर्वदलीय बैठक – Madhesh Update

प्रधानमन्त्री केपी ओलीले बोलाए सर्वदलीय बैठक

   December 7, 2020  

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । भोलि (मंगलबार) विहान ११ बजे बैठक बोलाइएको उनको सचिवालयले जनाएको छ ।

समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बताए ।

नेकपा भित्रको आन्तरिक विवाद उत्कर्षमा रहेको वेला र पछिल्लो समयमा देशै भरि राजावादी-हिन्दुवादीहरुको विरोध प्रर्दशन वढी रहेको वेला प्रम ओलीले सर्वदलीय बैठक बोलाएका हुन ।

यस अघि गएको वैशाख ३१ मा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई प्रधानमन्त्रीले छलफलका लागि बोलाएका थिए । त्यस यता भने सर्वदलीय बैठक हुन सकेको छैन ।