नेपाल-भारत सिमा खुल्ला गर्न मधेशभरि नै धर्ना कार्यक्रम

कोराना संक्रमणका कारण बन्द भएका नेपाल र भारतको खुल्ला सिमा नाकाहरु अब खोल्नु पर्ने माग गर्दै तराई मधेशका जिल्लाहरुमा विरोध कार्यक्रम हुन थालेका छन । प्रदेश दुईको जिल्लाहरुवाट सुरु भएको विरोध कार्यक्रमहरु प्रदेश एक र प्रदेश पाचका जिल्लाहरुमा समेत हुन थालेका छन ।
नेपाल भारत खुला सिमा सम्वाद समूहको क्यानरमा स्थानिय मधेशी नेताहरु तथा समाजिक अगुवहरु सिमा नाकामा गएर धर्ना सहितका विरोध कार्यक्रमहरु गरेर सिमा नाका खोल्न माग गरिरहेका छन ।
आक्ष्तवार उक्त समुहको व्यनरमा सप्तरीको तिलाठि कोईलाडि गाउँपालिकाको तिलाठि बेल्ही भन्सार नाका खोल्नु पर्ने माग राख्दै आइतवार एक घण्टा धर्ना दिएका छन् ।
सिमानाका नखोलिएका कारण किसानहरुलाई मलखाद तथा दैनिक उपभोग्य सामग्रीहरु ल्याउन समस्या भईरहेको भन्दै उनीहरुले भन्सारमा धर्ना दिएका हुन् ।
कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य एवम् प्रदेश सभा सदस्य मनिस कुमार सुमन, जसपा नेपाल केन्द्रीय सदस्य तथा नेपाल भारत खुला सिमा सम्बाद समूहका केन्द्रीय सदस्य गजेन्द्र कुमार मण्डल, राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, तिलाठि कोईलाडि गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह, जसपा जिल्ला अध्यक्ष सुनिल झा, नेता गुडु देव लगायत स्थानीय नेता एवम् जनसमुदाय हरुको उपस्थिति थियो ।